श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । दक्षिण एसियाली टापुमा रहेको श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको बीबीसीले जनाएको छ । करिब १६ मिलियन मतदता रहेको श्रीलंकाका २२ जिल्लामा निर्वाचन हुने छ ।

सन् २०१५ को निर्वाचनमा ८१ दशमलव पाँच प्रतिशत नागरिकले मतदान गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ ।

गत वर्ष अक्टोबरमा सिरिसेनालाई हटाउन असफल प्रयास गरेका प्रधानमन्त्री रालि विक्रमा सिंघेले आफ्नै दलका उम्मेद्वार प्रेमदासलाई समर्थन गर्नुभएको समाचारमा जनाइएको छ ।

श्रीलंकामा तमिल विद्रोहीसँग २६ वर्षदेखि युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार उक्त युद्धका क्रममा ४० हजार भन्दा बढी तामिल र त्यत्तिकै संख्यामा अन्य नागरिक मारिएको उल्लेख छ । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस