फिनल्याण्ड पहिलो पटक युरोकपमा छनाेट

एजेन्सी । फिनल्याण्ड युरोकपमा छनोट भएको छ । तिमु पुक्कीको नायकत्वमा फिनल्याण्ड कुनै पनि ठुलो प्रतियोगितामा पहिलो पटक छनोट भएको हो ।

छनोट प्रतियोगितामा पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे । नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरो छनोटमा शुक्रबार राति लिचेस्टाईनलाई ३–० ले हरायो ।

फिनल्याण्ड मुख्य प्रतियोगिता नखेल्ने एकमात्र उत्तरी युरोपेली देश रहदै आएको थियो । तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

कुनै ठुलाे प्रतियाेगितामा छनाेट भएर फिनल्याण्डले इतिहास रचेकाे छ ।  समूह जेको दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्यो । उसले एक खेल बाँकी रहदाँ तेस्रो स्थानको ग्रिससंग ७ अंकको अग्रता लियो ।

शीर्ष स्थानको ईटालीले ९ खेलबाट २७ अंक छ । लिचेस्टाईन २ अंक सहित तालिकाको पुछारमा रह्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस