किन दुख्छ मेरुदण्ड ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । मेरुदण्ड रोग विशेषज्ञ नेपालमा पनि स्पाइन अर्थात ढाड दुख्ने समस्या बढ्दै गएको बताउँछन् । मेरुदण्डमा समस्या देखिएको छ भने घरमै बस्नु हुँदैन, कतिपय अवस्थामा यो समस्या हात र खुट्टा पुगेर प्यारालाइसिससम्म हुने जोखिम देखिने गरेको हुँदा, तुरुन्तै उपचारका लागि जानुपर्ने हुन्छ ।

लक्षणहरुः

ढाड र गर्धन दख्ने हुन्छ ।

खुट्टा र हात झम्झमाउने  ।

हात र खुट्टा कमजोर हुने ।

खुट्टा भारी भएर हिँड्न समस्या हुने ।

सामान्य काम पनि गर्न नसकिने ।

गर्धनको समस्या आएमा हातमा समस्या देखिने भने ढाडको समस्या छ भने खुट्टामा देखिने हुन्छ ।

५० वर्षभन्दामाथिका उमेरका मानिसमा ढाड र गर्धनको समस्याले  क्यान्सर समेत भएको देखिन्छ ।

बच्ने उपाय

जीवशैलीमा परिवर्तन गर्ने ।

कुर्सीमा बस्दा ध्यान दिने, टुलमा नबस्ने ।

लामो समयसम्म एकै स्थानमा बस्नु हुँदैन ।

एक–एक घण्टामा करिब तीनदेखि पाँच मिनेट उता–उता हिड्नुपर्छ ।

निहुरिएर काम गर्नु हुँदैन ।

धेरै भिड भएको गाडीमा नचढ्ने ।

हरेक दिन व्यायाम गर्ने ।

धुम्रपान नगर्ने ।

बिहानको घाममा बस्ने ।

स्वस्थ्यकर खानेकुरा खाने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस