नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर ललितपुरमा

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा १६ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

उक्त काउन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले संयुक्त रूपमा उद्घाटन गरे ।

यस एक्सटेन्सन काउन्टरमार्फत् विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकहरूलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानहरू बीचको समन्वयलाई बढाउने विश्वास गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस