सिटिजन लाइफको सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना  कम्पनीका सञ्चालक समितिका सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिमा सार्वजनिक  गरिएको हो ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजार रुपैयाँको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितलाई डबल सुरक्षा प्रदान गर्दछ ।

बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा रकम प्राप्तगर्न सक्नेछन् ।

यसका साथै, स्थायी पूर्ण अशक्तता लाभ, मासिक आय लाभ, बीमा शुल्क छुट लाभ,  काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु  यो योजनामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना …

प्रतिकृया दिनुहॊस