पेस्तोलसहित दुई जना पक्राउ

चितवन ।  इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्।    उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो।

बा ८५ प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस