मधुमेहबाट जोगिन के के गर्ने ?

काठमाडौं । सामान्य बोलिचालिको भाषामा चिनी रोग भनेर चिनिने मधुमेहबाट जोगिन आफैले साबधानी अपनाउन जरुरी छ ।

१ पेटको गोलाई घटाउनुस् – भुडी अर्थात पेटको गोलाई जति बढी भयो त्यति नै बढी मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले पेटको गोलाई घटाउन लाग्नुपर्छ । त्यसका लागि खानपान र जीवन शैलीमै परिर्वतन गर्नुपर्छ । पेटको गोलाई घटाउने विभिन्न उपायहरु हुन्छन त्यसको प्रयोग गर्नुपर्छ ।

२ शारीरिक व्यायम गर्नुहोस – विश्व स्वास्थ्य संगठन डव्लुएचओले दैनिक कम्तीमा आधा घण्टा शारीरिक व्यायम गर्नुपर्छ भनेको छ । तसर्थ सकिन्छ दैनिक एक घण्टा नसके आधा घण्टा कम्तीमा व्यायम गर्नुपर्छ ।

३ गाडी चड्ने मानिसहरु बसस्टपमै ओर्लनुस् – शहरमा गाडी चड्ने मानिसहरु बसस्टममै ओर्लेको राम्रो । बसस्टपमै ओर्लदा गन्तव्यमा पुग्न केही समय हिडिन्छ । यसले राम्रो हुन्छ । घर अगाडी वा गन्तव्यमै ओर्लनु राम्रो होइन् ।

४ स्वस्थ र ताजा खाना खाऔँ – मधुमेहबाट जोगिनका लागि चिल्लो रहीत खाना खाऔँ । तेलमा तारेको खाना बन्देज गरेको राम्रो । खानेकुरामा साग सव्जी र फलफुलमा जोड दिऔँ । अझ त्यसमा पनि विषादी नहालेको सागशव्जी र फलफुल खान पाए अझ राम्रो । मकैको च्याख्ला पनि मधुमेहीलाई राम्रो मानिन्छ ।

५ भात कम खाने गरौँ –भात सकेसम्म कम खाऔँ । तर यसो भन्दैमा कडा शारीरिक काम गर्नेहरुले कम खानु भनेको होइन् । काम अनुसार डाइट पुरयाउनै पर्छ । तर सामान्य हल्का काम गर्नेले धेरै भात खाँदा त्यसले पेटको गोलाई बढाउछ । खानामा एक पटकमा दुई तीन वटा टुक्रा मासु खान सकिन्छ । बोसोरहित चिकेन फिस खानु राम्रो मानिन्छ । यो मधुमेहीलाई मात्रै होईन जो तौल घटाउन खोज्नेका लागि पनि राम्रो हुन्छ ।

६ चिसो पेय पदार्थ जंकफुड नखाऔँ – कोक फेन्टा जुस आदि नखाऔँ बरु त्यसको सट्टा प्रसस्त पानी खाऔँ । मिठाईहरु लालमन रसबरी नखाऔँ लाखमरी, जेरी स्वारी आदि तारेको चिज नखानु भन्छौँ । गुलियो चिल्लो खाने कुराले खानेकुराले अनावश्यक बोसो बढाउछ ।

७ मधुमेहको नियमित जाँच गरौँ – यदि आफ्ना बंशजहरुमा मधुमेह छ भने ३० बर्ष देखिनै मधुमेह परीक्षण गर्नु राम्रो हुन्छ । अन्य व्यक्तिले ४० बर्ष कटेपछि गरेपनि हुन्छ । तर एक्कासी तौल घट्दै गयो , पिसाव लागि राख्यो अर्थात बाथरुप गएको गयै गर्न परयो भने त डाक्टरलाई देखाई हाल्नुपर्छ ।

मधुमेह रोग देखिएपछि कसरी व्यवस्थापन गर्ने ? मधुमेह रोग देखिएपछि अर्थात पहिचान गरेपछि कसरी स्वयं व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनेुपर्छ । किनभने यसको राम्ररी व्यवस्थापन गर्न सकिएन वा जानिएन भने थप गम्भीर खतरा निम्त्याउछ । जस्तै मिर्गौला फेल हुने, मुटुरोग पक्षघात यौनदुर्वलता, खुटटा झमझमाउने पोल्ने र खुटा काटने अवस्था सम्म पुरयाउन सक्छ ।

त्यसैले पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुपर्यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । चिकित्सकको नियमित सम्पर्कमा बस्ने, चिकित्सकले दिएको सल्लाह अनुसारका गतिविधि गरेर पनि रोगको व्यवस्थापन गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस