प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

एजेन्सी ।  इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको छ। वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन्।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको बताए।उनका अनुसार राजनी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरु पनि बन्द भएका छन्।

‘तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको छ,’ अर्का एक अधिकारीले भने।बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरुले सुझाव दिएका छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस