पासाङ ल्हामु मार्ग सुधार गरिने

रसुवा । शनिबारदेखि पासाङ ल्हामु मार्ग सुधार गरिने भएको छ । बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडकको सुधारको लागि कालिका र गोसाईंकुण्ड गाउँपालिकाले अभियान नै सञ्चालनमा ल्याएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरेको हो । स्याउबारीदेखि स्याफ्रुबेसीसम्मको सडक जीर्ण छ । सडक जीर्ण हुँदा समेत सडक डिभिजन कार्यालयले काम गर्न नसकेको भन्दै सरोकारवालाले आक्रोश पोखेका छन् ।

यो सडक खण्डमा बढी खाल्डाखुल्डी भएकाले सडकमा ग्राभेल गर्न आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। उनको अनुसार राम्चे, ग्राङ, सोले, धुन्चे र ठूलो भार्खुमा ग्राभेल गरिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस