प्रेममा परिन अदिति

काठमाडौं । अभिनेत्री तथा मोडल अदिति बुढाथोकी लमो समयदेखि मूम्बईमा छिन् । नेपाली चलचित्र ‘कु’की यी अभिनेत्रीले यो अविधिमा केहि हिन्द गीतका म्युजिक भिडियोमा अभिनय गरिसेकेकी छन् । अदितिको बलिउड चलचित्रमा प्रवेश गर्ने संघर्ष भने आजको मितिसम्म जारी नै छ ।

यसबिच यी अभिनेत्रीले इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेकोे जानकारी धुमाउरो शैलिमा दिएकी छन् । गत शनिबार इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय ¥यापर अलिम मोरानीसंग प्रेममा रमाईरहेको संकेत गरेकी छन् । मोरानीसंगको समुन्द्रको किनारको लोकेशनमा खिचिएको उक्त तस्विरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छन् ।

तस्विरमा अदितिले आफ्नो दाइने हात गायक मोराीको तिध्रामा राखेकी छनभने मोरानीले देब्रे हातले अदितिको कम्मर समायका छन् । तस्विरमा दुबैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अदितिले आफ्नो तस्विर सार्वजनिक गरे लगतै उनका प्रसंसकले बधाई दिन थालेका छन् ।

तस्विरमा प्राप्त प्रतिक्रियामा उनीहेका जोडी एकदम सुहाएको कुरा उल्लेख छ । ¥यापर मोरानीले इन्स्टाग्राममा आफुलाई ¥यापर मोरानीले गीतकार तथा ड्रमरका रुपमा चिनाएका छन् । उनले अधिल्लो बर्ष पहिलो ¥याप गीत लेट मि लाइभ सार्वजनिक गरेका थिए । उक्त गितले युट्युवमा राम्रो दर्शक पाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस