हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि

काठमाडाैँ । जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा देखिने साझा समस्या भनेका छाला फुस्रो हुने, हातगोडा फुट्ने लगायत हुन् । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सवैलाई सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ ।

सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै पनि होईन । यो शरीरको प्रतिरक्षा प्रणली भएकाले समयमै यसको सरसफाई गर्नु आवस्यक हुन्छ । यसलाई हेलचेक्रयाई गरेमा यसले बिकराल रुप लिएर निको नै नहुनेगरी त्यहिँ टाँस्सिएर बस्न सक्छ ।

१. चिनी

एउटा सफा भाँडामा आधा ग्लास जति चिनी राख्नुहोस्, सो भाँडामा चिनिको आधाभाग जती मनतातो पानी, ग्लिसिरिन, शुद्ध नरिवलको तेल मिसाउन सक्नुहुनेछ । सो मिश्रणलाई घोलेर बाक्लो लेदो बनाउनुहोस् । यस्तो मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुनेछ । यस्तो मिश्रणलाई दैनिक रुपमा ‘क्याल्समा’ लगाउनाले फुटेको छाला तथा हात–खुट्टालाई मुलायम तथा सफा बनाउन सहयोग गर्दछ ।

२. भुइँकटहर

भुइँकटहर तास्दासाथै त्यसको बोक्राले फुटेको छालामा प्रयोग गर्नाले फुटेको छाला तथा कुर्कुच्चालाई नरम बनाउँछ । सो बोक्राले पूर्ण रुपमा तपाईको फुटेको भागमा पूरै छोप्नुहोस् र माथिवाट सफा तथा नरम कपडाले बाँध्नुहोस् । बाँधेको केही घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् । १ हप्तासम्म दैनिक प्रयोग गर्नाले भुइँकटहरका भएको बोक्रामा पाईने इन्जाइम र एसिडको कारणले फुटेको स्थानमा निको बनाउन सहयोग गर्दछ ।

३. मनतातो पानी

मनतातो पानीमा खुट्टा भिजाउने गर्नाले यसले प्रभावकारी तरिकाले काम गर्दछ । यस्तो प्रकारको प्रयोग नियमित गर्नाले छाला नरम हुनुका साथै फुट्ने तथा ‘क्याल्स’ जम्ने संभावना हुदैन् । यसका साथसाथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर खुट्टा डुवाउने गरेमा पनि खुट्टा फुट्ने समस्या समाधान हुन्छ ।

४. बेकिङ्ग सोडाः

आवश्यक्ता अनुसार मनतातो पानिमा ३(४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् । यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

अन्य विधि

१. फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।

२. हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।

३. राति सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।

४. जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

५. ग्लिसिरिन र गुलाब जलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।

६. हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।

७. दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस