फ्राइडे फिल्म : घामड शेरे र जीवन काँडा कि फूल

काठमाडौं । आज कात्तिक २२ गते शुक्रबार दुई नेपाली चलचित्रहरुको भिडन्त हुने भएको छ । बि.सि. मोशन पिक्चर्शको ब्यानरमा निर्माण तथा निर्देशक हेमराज बि.सि. को निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’ र निर्देशक बिनोद बिस्टद्वारा झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ चलचित्र आज देशभर प्रदर्शनमा आउन लागेको छ ।

कात्तिकको ८ गते रिलिज हुने भनिएको यो चलचित्र पछि सरेको थियो । निर्देशक हेमराज वीसीले कमजोर ओपनिङ हुने देखेपछि चलचित्र सारेको बताएका थिए । चलचित्र ‘घामड शेरे’मा निश्चल बस्नेत, स्वस्तिमा खड्का, बादल भट्ट, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् । खोला विरुद्ध नै मुद्दा हाल्ने एक घामड पात्रको कथामा यो चलचित्र बनेको छ ।

चलचित्र ‘जीवन काँडा कि फूल’ झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र हो । झमक घिमिरेले आफ्नै जीवनीमा लेखेको ‘जीवन काँडा कि फूल’ पुस्तकलाई नै चलचित्रमा उतारिएको निर्माण पक्षले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस