जाडाेमा रायाेकाे सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

काठमाडाैं – रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो ।

अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।

के के फाइदा हुन्छ ?

  • रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उपयोगी हुन्छ।
  • यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।
  • रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
  • जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
  • रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
  • रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जब गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो…

काठमाडौं । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा …

प्रतिकृया दिनुहॊस