नयाँ विद्युत महसुल लागू गर्ने तयारी

काठमाडौं – विद्युत नियमन आयोगले ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’को मस्यौदा तयार पारेको छ । आयोगले उक्त निर्देशिकालाई सम्बन्धित निकायसँगको आवस्यक राय सल्लाह पछि अन्तिम रुप दिइने जनाएको छ ।

यही हप्ता मात्रै नेपाल विद्युत प्राधिकरण संचालक समितिले हाल कार्यान्वयनमा रहेका सबै खालका विद्युत महसुल दर संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको थियो । त्यसैगरी, सो प्रस्तावको अन्तिम स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश गर्नेसमेत निर्णय गरेको थियो । प्राधिकरणले विद्युत महसुल दर हेरफेर गर्न आयोगलाई गरेको प्रस्ताव आयोगले निर्देशिका जारी भएसँगै कार्यान्वयनमा ल्याउनेछ ।

निर्देशिका बमोजिम नयाँ महसल दर निर्धारण नगरेसम्म भने हाल कायम रहेको महसुल यथावत् रहेन छ । आयोगले तयार पारेको मस्यौदामा विभिन्न ५ वटा निर्देशक सिद्धान्तको अधिनमा रही महसुल निर्धारण गर्ने जनाइएको छ । यस्ता निर्देशक सिद्धान्तमा उपभोक्ताको हकहित संरक्षण, विद्युतको आपूर्तिमा गुणस्तरको सुनिश्चितता, र वितरण अनुमतिप्राप्त व्यक्तिको व्यससायिकता तथा प्रभावकारिता अभिवृद्धिलगायत छन् ।

त्यस्तै, विद्युत महसुल निर्धारणको आधारका रुपमा वितरण अनुमति प्राप्त व्यक्तिको पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरणलगायतका विषय समावेश गरिएको छ । विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १३ तथा विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ८ को उपनियम ४ अनुसार महसुल दर निर्धारण गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोग ऐन २०७४ को दफा ४३ मा भएका व्यवस्था अनुसार आयोगले उक्त निर्देशिका तयार पारेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस