प्रधानमन्त्रीको मृगौलाको डायलाइसिस कि प्रत्यारोपण ?

काठमाडौँ । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन । अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको छ, डायलाइसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुंगो लागिसकेको छैन,’ उनले भने ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रो पटक मिर्गौलाप्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएकाछन् । यद्यपि वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरू विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्‍यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरू राखेर डायलाइसिस गरिरहनु उचित हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस