जाडोमा कपाल झर्ने समस्या छ? यसरी गर्नुस् स्याहार

काठमाडाैँ । जाडो महिनामा कपालमा चायाँहरु पर्ने, र फुंग उडेको जस्तो देखिन्छ । जाडो अवधिभर कपाल पटक पटक नुहाउने काम कम गर्नुपर्छ । ड्रायरहरु, केमिकलहरु कम प्रयोग गर्ने ।

त्यस्तै साबुन प्रयोग नभएको सल्फेटहरु, केमिकलहरु नभएको स्याम्पू जस्तै माइल्स, बच्चाको स्याम्पू प्रयोग गर्ने । त्यसले कपालमा भएको चिल्लोपन हट्न दिँदैन जसकारण कपाल सुख्खा र रुख्खो हुन पाउँदैन । त्यो बाहेक कन्डिसनर गर्ने, तेल हाल्ने लगायत नियमित गर्दा कपाल झर्ने, टुक्रिने, हाँगा फाट्ने हुँदैन ।

चायाँ पोतो के कारणले आउँछ रुस्चायाँपोतो गर्भवती महिला, बच्चाको आमामा आउने र वयस्क, अविवाहित महिलामा आउने फरक हुन्छ । वयस्कमा चायाँ पोतो विशेषगरी घामबाट बचिएन भने आउँछ । अर्को भनेको घाममा असर पार्ने औषधीहरु, गर्भनिरोधक औषधी पिल्स सेवनले पनि चायाँपोतो निस्कन्छ ।

पाठेघरको समस्या भयो, पाठेघरमा ट्युमरहरु आयो भने तीनीहरुले पनि चायाँ निकाल्छ । अर्को वंशाणुगत हुन्छ । कसैको परिवारमा आमा, बुवा, दिदीबहिनी, फुपुहरुको चायाँपोतो छ भने उनीहरुमा आउने सम्भावना बढी हुन्छ । चायाँपोतो जहिले पनि नाक र छालाको सबैभन्दा उठेको भागमा आउने हुन्छ । निधार, चिउँडो अनि जुँगा भएको ठाउँमा बढी देखिन्छ ।

क्लिनिक र पार्लरमा नजानुस्ः यस्तो छ उपचार विधिस्यसको उपचार रंग तथा सतह हेरी गर्नुपर्ने डा। सबिनाले बताइन् । हर्बल र बजारबाट उपचार गर्न नमिल्ने उनको भनाइ छ । बजारका औषधीहरुमा स्कीन ह्वाइट नामक औषधी मिसाइएको हुन्छ । त्यसले क्षणिक हटेको जस्तो हुन्छ तर लामो समयसम्म एकदमै धेरै असर पार्छ । पोतोको उपचार गर्दा सम्बन्धित छाला रोग विशेषज्ञलाई देखाएर मात्रै गर्नुपर्छ । पार्लर, क्लिनिक पसलमा गएर उपचार गर्नु हुँदैन ।

अर्को सन्सक्रिम सानै ६ महिनाको उमेरदेखि नै प्रयोग गर्नुपर्छ । यसले घामबाट बचाउन, छालालाई स्वच्छ राख्न सधैँ उज्यालो र योङ देखाउन मद्दत गर्छ । हर्बलहरुले घामबाट बचाउँदैन । घामबाट जोगिएन भने पोतो जाँदैन । बच्चालाई दुध खुवाउँदै गरेको आमाहरुले पनि पोतोको औषधी, उपचार सम्बन्धित चिकित्सकको परामर्शविना प्रयोग गर्नु हुँदैन । किनकी बजारमा पाइने हर्बल भनिने औषधीहरुमा दुधबाट असर पार्ने औषधीहरु मिश्रण भएको हुन्छ । त्यसले बच्चाको स्वास्थ्यमा असर पुर्याउँछ ।

लिपस्टिक र बजारिया गाजलले क्यान्सर हुन सक्छ स्कस्मेटिक सामानमा केमिकल हुन्छ । लिपस्टिक जति गाढा रंगको हुन्छ, तीनीहरुमा रसायनको मात्रा धेरै हुन्छ । कुनैमा लेड प्रयोग भएको हुन्छ । बजारमा पाइने डुब्लिकेट हुन्छ । तीनहरु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसको गुणस्तर नाप्ने निकाय नेपालमा छैन ।गुणस्तरविहिन र केमिकल बढी भएको लगाउँदा त्यसले सुरुमा एलर्जिक रियाक्सन हुन्छ ।

चिलाउने, पानीको फोका आउने, ओठ सुन्निने, पत्रपत्र जाने हुन्छ । धेरै लामो समयसम्म लगायो भने भित्र रगतसम्म पुगेर त्यसले क्यान्सर समेत हुन सक्छ । होममेड गाजलले खासै केही फरक पार्दैन । बजारमा किनिने गाजलले आँखामा समस्या आउन सक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस