गेट कलेजको नवौं दीक्षान्त समारोह सम्पन्न

नेपालले सन् २०२० मा पर्यटन वर्ष मनाउन लागेको सन्दर्भमा नेपालभित्रै दक्ष पर्यटनसँग सम्बद्ध जनशक्तिको माग बढेको विज्ञहरूले बताएका छन् । हाल नेपालका होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध शैक्षिक प्रतिष्ठानहरूले उत्पादन गरेका दक्ष जनशक्तिलाई विदेशका अलावा स्वदेशभित्रै पनि पर्याप्त अवसर सिर्जना हुँदै गएको उनीहरूको भनाइ छ ।

विगत एक दशकदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको राजधानीको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को नवौं दीक्षान्त समारोहमा पर्यटन तथा आतिथ्य क्षेत्रका विज्ञहरूले दक्ष जनशक्तिको सही व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा नेपालका लागि स्वीजरल्यान्ड राजदूतावासका डेपुटी हेड अफ मिसन सिल्भाना हगले नेपाल र स्विजरल्यान्डबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको पाँच दशकभन्दा बढी समय भइसकेको उल्लेख गर्दै सुरुका दिनहरूमा स्वीजरल्यान्डले नेपालमा चिज उत्पादनका लागि सहयोग गर्दै आएकोमा हाल नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटनको व्यावसायिक शिक्षामा सहयोग विस्तार गरेको बताउनुभयो ।

स्मरणीय छ, गेट कलेज स्वीजरल्यान्डको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्वीस होटल एसोसियसन होटलरी स्वीसको सम्बन्धनमा स्नातक तहको शिक्षा प्रदान गर्ने एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो ।
डेपुटी हेड अफ मिसन हगले नेपालले सन् २०२० मा पर्यटन वर्ष मनाउन लागेको सन्दर्भमा यहाँ उत्पादित होटल व्यवस्थापनका दक्ष जनशक्तिले उल्लेख्य योगदान दिनसक्ने बताउनु भयो ।

कार्यक्रमका मुख्य अतिथि स्वीस होटल एसोसियसनको अन्तर्राष्ट्रिय शिक्षा विभाग प्रमुख रेबेका गेक्स फेब्रीले आतिथ्य सत्कारसँग सम्बन्धित जनशक्तिले आफूलाई जुनसुकै भूमिकामा सक्रिय बनाउन सके उनीहरूले सफलता हासिल गर्ने धारणा राख्नु भयो ।
यसैगरी प्राध्यापक चिजकुमार श्रेष्ठले नेपालजस्तो विकासशील मुलुकमा दक्ष र सीपयुक्त जनशक्तिको सदैव खाँचो पर्ने भएकाले यस्ता जनशक्ति उत्पादनका लागि गेट कलेजजस्ता संस्थाको भूमिका अहम् हुने बताउनुभयो ।

गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सानो देश हुँदैमा कम अवसर हुन्छ भन्ने कुरालाई स्वीजरल्यान्डले गलत साबित गरिदिएको उल्लेख गर्नुहुँदै स्वीजरल्यान्डले जस्तै नेपालले पनि जनशक्ति विकासलाई नै मुख्य ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘स्वीजरल्यान्डमा पनि न तेल छ, न समुद्रसँगै जोडिएको छ, तर त्यहाँको समृद्धिको पछाडि एउटा महत्वपूर्ण कारण छ, उसले मानव जनशक्तिको विकासलाई ध्यान दिएको छ,’ लकाईंले भन्नुभयो– ‘नेपालले पनि मानव जनशक्ति विकासमा जोड दिएमा मुलुकको समृद्धि सम्भव छ ।’

सो अवसरमा गेट कलेजको १७ औं र १८ औं ब्याजका १२९ जना विद्यार्थीहरू दीक्षित भएका थिए । पहिलो पटक गेट कलेजको हायर डिप्लोमा इन होटल एन्ड रेष्टुराँ म्यानेजमेन्टमा युरोपेली विद्यार्थी राकेल मारिया लोरेन्जासमेत दीक्षित भएकी छिन् । गेट कलेजमा हालसम्म १९ मुलुकका विद्यार्थीहरूले विभिन्न तहका शिक्षा तथा प्रशिक्षण लिइसकेका छन् ।
समारोहमा १७ औं र १८ औं ब्याचका उत्कृष्ट विद्यार्थीहरू अनु डंगोल, गौरव रानाभाट, सौरभ कार्की, रजत पोखरेल र जलिना तुलाधरलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस