आज महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती

काठमाडाै । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज मनाईँदैछ । देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण औँसी वा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाका कृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा चर्चित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको सुरुवात गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित भएकाे हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

चरम आर्थिक अभाव तथा पारिवारिक वियोगसँगै उनले नेपालीलाई उच्चस्तरीय साहित्यिक कृतिहरु दिएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस