नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

काठमाडौं ।  मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुने आयोजकले जनाएको छ ।

‘नेपाल लोक स्टार’मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका हुन् । ‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् ।

नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका छन् ।

नेपाल लोक स्टारको विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात् सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस