नेशनल मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन

वीरगञ्ज । नेशनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवं नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाशको नेतृत्वमा कलेजका १८ औं व्याचका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

नेशनल मेडिकल कलेजबाट निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । ‘राज्यले तोकेको भर्ना शुल्क कायम गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका विद्यार्थीहरुले कलेजका साथै सरकारविरुद्ध समेत नाराबाजी गरेका थिए ।

यालीअघि कलेजमा विद्यार्थी जम्मा हुने क्रममै निर्देशक बसरुद्धिन अन्सारीले मानिसहरु बोलाएर दुव्र्यवहार समेत गरेको उनीहरुको आरोप छ । कलेज प्रशासनले व्यानर च्यात्ने, विद्यार्थीहरुलाई लछारपछार गर्नुका साथै आन्दोलनमा संलग्न केहि विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनीहरुले बताए ।

मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनमा सघाउन भन्दै चिकित्सा संघर्ष समितिका २० जना सदस्य वीरगञ्ज आएका थिए । वीरगञ्ज बाहिरबाट आएका उनीहरुले प्रयोग गरेको ग १ ख २६ १७ नम्बरको गाडीमा तोडफोड भएको छ ।

विद्यार्थीहरुकाअनुसार कलेजले सरकारले तोकेको ४२ लाख ५० हजारसँगै लाईब्रेरी शुल्क ३५ हजार, खेलकुद शुल्क ४० हजार, होष्टेल र मेस शल्क गरेर महिनाको १५ हजार, इन्टरनेट चार्ज १४ सय लगायत गरेर १२ लाख लिने गरेको छ । गुनासो गर्ने अभिभावकलाई कलेज प्रशासनले नराम्रो व्यवहार गर्ने गरेको छ ।

‘कलेजका निर्देशकले बाहिर अर्कै कुरा गर्ने र भित्र अर्कै कुरा गर्छन्’ एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीले एक महिनादेखि विरोध गर्दा दबाएर राखेका थिए । त्यसैले बाहिरी कलेजका विद्यार्थीहरुको साथ लिनुपरेको हो ।’

उनीहरुले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नगरे परीक्षा बहिस्कार गर्ने चेतावनी दिएका छन् । यो ब्याजमा ५ भारतीयसहित १०० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रधानमन्त्रीसँग फोटो खिच्नले कानुन हातमा लिए

विद्यार्थी आन्दोलनको नेतृत्व गर्न वीरगञ्ज आइपुगेका प्रकाश चन्दले विद्यार्थीलाई कुटपिट गर्न खोजेर कलेज प्रशासनले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । ‘शुरुमा उहाँ आफैं आउनुभयो, हात मिलाउनुभयो । आउनुको उद्देश्य बताएपछि तपाईहरु आफ्नै कलेजमा आन्दोलन गर्न जानुस् भन्नुभयो’, उनले भने ।

आफूले जायज कुरालाई जुनसुकै ठाउँमा उभिएर भन्न सक्छौं भनेको भन्दै उनले अघि भने, ‘कलेज प्रशासनले बोलाएका मानिसहरु आएर हाम्रो ब्यानर तान्ने र विद्यार्थीहरुलाई धकेल्ने गर्न थाले । ममाथि आक्रमण गर्न खोजेका थिए, साथीहरुले छेके । पुलिस प्रशासन नभएको भए अपि्रय घटना घट्ने थियो ।’

प्रधानमन्त्रीसँग फोटो खिच्ने बसरुद्धिन अन्सारीले नेपालको कानुन हातमा लिएकाले उनलाई कारबाही हुनुपर्ने उनले बताए । ‘राज्यले तोकेको शुल्क कायम हुनुपर्छ । योभन्दा बढी लिन पाइँदैन भन्दा दुव्र्यबहार गर्ने ? के नेपालमा कानुनी राज्य छैन ? हामीलाई यसको जवाफ चाहिन्छ’ उनले खघि भनेका छन् ।

कलेजले ५५ लाखदेखि ६२ लाखसम्म लिएको प्रमाण आफूहरुसँग रहेको उनको दाबी छ ।

आन्दोलनरत विद्यार्थीहरुले नेशनल मेडिकल प्रशासनबाट आफूहरु असुरक्षित भएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा शान्तिपूर्ण विरोधसभामा केहि व्यक्तिले विद्यार्थीहरुलाई हातपात, गालीगलौज गर्ने जस्ता काम गरेकेा उनहिरुले बताएका छन् ।

शुल्कबारे अध्ययन भइरहेको छ : प्रशासन

जिल्ला प्रशासन कार्यालय पर्साले भने कलेजले बढी शुल्क लिए नलिएको अध्ययन भइरहेको बताएका छन् ।  प्रशासनले कात्तिक ४ गते सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत र प्रशासकीय अधिकृत भानुभक्त बराललाई कलेजमा बुझ्न समेत पठाएको थियो ।

‘कात्तिक ४ गते नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी म र प्रमुख प्रशासकीय अधिकृत भानुभक्त बराल वास्ताविकता बुझ्न मेडिकल कलेज गएका थियौं’ उनले भने ‘विद्यार्थीसँग कति शुल्क लिएको छ ? त्यसको विवरण दिन भनेका हौं । तर लेखाको कर्मचारी छैन भनेर विवरण दिएनन् । आज साँझ ल्याएका छौं । त्यसको अध्ययन गर्न भने बाँकी छ ।’

अध्ययनका क्रममा कलेजले बढी शुल्क लिएको पाइए अभिभावकलाई फिर्ता गराउने उनको भनाइ छ ।

अनलाइनखबरबाट

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस