कालीगण्डकीमा जीप दुर्घटना, एकजनाको मृत्यु

गुल्मी ।  मंगलबार राति गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ३ को मुल्कदेखि जयखानी जाने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लु १ च ४५८६ नं को जीप उकालोमा  अचानक ब्रेक फेल भई गाडी ब्याक हुँदा जीपमा सवार कालीगण्डकी गाउँपालिका वडा नं ३ जयखानी बस्ने ४८ वर्षीय झुमबहादुर बिकको टाउकोमा चोट लागि गम्भिर घाइते भएर उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मंगलबार राति मृत्यु भएको प्रहरी चौकी पुर्तिघाटका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए।

खनालका अनुसार जीप र जीप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस