दुहबी-कटहरी प्रसारण लाइन निर्माण : ४५ दिनभित्र सम्पन्न गरिने

काठमाडौं । विवादमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभित्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।

अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका सङ्घीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेपछि उक्त सहमति भएको हो ।

छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए । “यो प्रसारण लाइन बन्न नसन्दा मोरङका उद्योग तथा आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् पाउन सकिरहेका छैनन्, त्यसैले विधि सम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल शुरु गरौँ”, उनले भने, “तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौँ, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।”

मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस