सिभिल क्यापिटल मार्केटको ११औं साधारण सभा कात्तिक २२ गते

काठमाडौं । सिभिल क्यापिटल मार्केटको एघारौं साधारण सभा कात्तिक २२ गते हुने भएको छ । कम्पनीले सिटीसी मल, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको एघारौं वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको विषयमा छलफल गर्न बैंकले सभा बोलाएको हो ।

कम्पनीले आव २०७५/०७६ को संचित मुनाफाबाट शेयरधनीहरुका लागि कम्पनीले चुक्तापूँजीको ३ दशमलव १६ प्रतिशत (कर सहित) नगद लाभांशको प्रस्ताव गर्ने भएको छ ।

यॊ पनि हेर्नुहॊस

सिजीका जाडोका घरायसी सामग्रीहरु बजारमा

काठमाडौँ ।  नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोयाम सुरु भएसँगै बजारमा यससँग सम्बन्धित सामग्री ल्याएको …

प्रतिकृया दिनुहॊस