बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक

काठमाडाैं । बुधबारदेखि लागु हुने गरी बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज दिने भएको छ भने बचत ४ देखि ६ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले तीन महिनादेखि ६ महिना अवधिसम्मकाे संस्थागत निक्षेपमा ७.५० प्रतिशत, ६ महिनादेखि १वर्षकाे निक्षेपमा ८ प्रतिशत, १ वर्ष भन्दा माथिकाे निक्षेपलाई ८.५० प्रतिशत ब्याजदर तोकेको छ ।

आधारदर ६ प्रतिशत रहेको बैंकले विभिन्न प्रकृतिका कर्जाहरुको पनि ब्याजदर तोकेको छ । यस्तै शैक्षिक कर्जाका लागि ६ प्रतिशत र रिटेल कर्जाका लागि पनि ६ प्रतिशत ब्याज लिने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस