१ करोड मूल्यमा सन्दीप लामिछानेले बर्मिङ्घममा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका छन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । सन्दीप बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलरमा कर्नाटकाले अनुबन्ध गरेको हो ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगितामा ८ टिमको सहभागिता रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस