दश लाख पर्ने केशर इलामको थुम्केमा उत्पादन शुरु

इलाम । प्रतिकिलो दश लाख सम्म मुल्य पर्ने उच्च मुल्यको जडिबुटि केशरको उत्पादन इलाममा शुरु गरिएको छ । माईजोगमाई गाउँपालिका .६ प्याङको थुम्केडाँडा र जौबारी क्षेत्रमा स्थानीय जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती शुरु गरेको हो ।

सोमबार  गाउँपालिकाका प्रमुख जीतबहादुर राईसहित उक्त संस्थाका प्रतिनिधीले पहिलो पटक उत्पादित केशरको फूल टिपेका छन् ।थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने १५०० देखि २५०० मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । असोज महिनामा यो बाली लगाएर कार्तिक मङ्सिरमा उत्पादन लिने गरेको पाइन्छ ।

विश्वकै महङ्गो खेती केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूल भित्रको रातो लुर्का सङ्कलन गरि सुकाएर विक्रि गर्ने गरिन्छ । एउटा फूलमा दशदेखि १५ मिलिग्राम केशर प्राप्त हुन्छ । करिब डेढ लाख फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

अङ्ग्रेजीमा स्याफरोन भनेर चिनिने केशर खेती युरोपबाट शुरु भएको इतिहास पाइन्छ । नेपालमा भने २०१९ सालमा टीस्टुङमा परीक्षणका लागि खेती लगाइएको थियो । नेपालमा हाल वार्षिक सात देखि १० किलोसम्म केशर उत्पादन हुने गरेको अनुमान छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जसपाकी सांसद हसिना खानले लिइन् शपथ

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ …

प्रतिकृया दिनुहॊस