ट्युनिशियाको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार सैयद निर्वाचित

काठमाडौं । ट्युनिसियामा राष्ट्रपतिका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार काइस सैयद निर्वाचित भएका छन् । ७२.७१ प्रतिशत प्राप्त गरी उनी विजयी भएको ट्युनिशियाको निर्वाचन आयोग (आइएसआइई)लाई उद्धृत गरी अलजजीराले  मङ्गलबार जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा राष्ट्रपतिमा सैयदले २७ लाख मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नाबिल कारौईले १० लाखको हाराहारीमा मत प्राप्त गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भएको सूचनापछि ६१ बर्षीय सैयदले भने, ‘ट्युनिसियाली जनताले विश्वलाई क्रान्तिको नयाँ परिभाषा दिएको छ ।’

‘जनताले मलाई दिएको विश्वासलाई भ्रष्टाचार विरूद्ध लड्न र विकेन्द्रीकरणलाई प्रोत्साहन गरी ट्युनिशियाको विकासमा लगाउने छु ।’ सैयद कुनै दलसँग आवद्ध छैनन् र उनीसँग दलीय राजनीतिको अनुभव छैन तर उनको भ्रष्टाचारविरोधी नारालाई ट्युनिशियाली जनताले विश्वास गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस