विश्व अर्थतन्त्र एक दशक यताकै सुस्त : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वभरीकै अर्थतन्त्र सुस्त रहेको जनाएको छ । यो अवस्था एक दशक पहिला भएको वित्तीय संकटपछि पहिलोपटक भएको जनाइएको छ । आईएमएफले मंगलबार जारी गरेको वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्टमा सो कुरा उल्लेख छ ।

आईएमएफका अनुसार यो वर्ष विश्वभरको अर्थव्यवस्था ३ प्रतिशतले मात्रै विकास हुने जनाइएको छ । भारतमा यसपालि विकासदर घटेर ६.१ प्रतिशत हुने जनाइएको छ । यसअघि गएको अप्रिलमा आईएमएफले नै भारतको आर्थिक बृद्धि ७.३ प्रतिशत हुने अनुमान गरेको थियो । २०२०–२१ मा भने भारतको आर्थिक बृद्धिमा केही सुधार आउन सक्ने सो रिपोर्टमा उल्लेख छ ।

आईएमएफले चीनको आर्थिक बृद्धि ६.१ प्रतिशत र सन् २०२० मा ५.८ प्रतिशत हुने अनुमान गरेको छ । २०१८ मा चीनको आर्थिक बृद्धिदर ६.६ प्रतिशत रहेको थियो । विश्वव्यापी रुपमा आर्थिक बृद्धि यसपालि ३ प्रतिशत र २०२०मा ३.४ प्रतिशत हुन सक्ने अनुमान गरिएको छ ।

आइएमएफले विश्वव्यापी रुपमा आर्थिक बृद्धि कमजोर हुनुमा विश्वव्यापी व्यापारमा गिरावट, आयात करमा बृद्धि र उत्पादन सम्बन्धी समस्यालाई कारक मानेको छ । आईएमएफले अर्थव्यवस्थामा आएको सुस्तताका कारण विश्वका ९० प्रतिशत देशमा यसको असर पर्ने समेत आकलन गरेको छ । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस