विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गतको चौथो खेलमा नेपाल जोर्डनसंग पराजित भएको छ । गएराति जोर्डनको राजधानी अम्मानमा भएको खेलमा घरेलु टोली ३–० ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्डनले तीन गोल गरेपछि नेपाल परािजत भएको हो ।

जोर्डनका लागि फेरास सेलबाइले ५६ औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरे । यसपछि अहमद अल–एर्सान र बाहा फैसलले एक एक गोल थप्दै जोर्डनको जित पक्का गरे । जितसँगै जोर्डन विश्वकप छनौटअन्तर्गत एसियाली समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाट ९ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ ।

तेस्रो स्थानको कुवेतको ४ अंक छ भने ३ अंक मात्रै जोडेको नेपाल चौथो तथा अंकबिहिन चाइनिज ताइपेइ पाँचौ स्थानमा रहेको छ । यसैबीच नेपालले विश्वकप छनौटअन्तर्गत समूहका सबै टोलीसँग ‘अवे’ खेल खेलिसकेको छ । लगातार चार अवे खेल खेलेको नेपालले अब बाँकी रहेको ४ खेलहरु ‘होम गेम’ स्वरुप आफ्नै मैदानमा खेल्ने नेपालको तयारी छ ।

तर यसका लागि काठमाडौंको दशरथ रंगशाला समयै तयार हुनुपर्नेछ । नेपालले पाचौ खेल आगामी मंसिर ३ गते कुवेतविरुद्ध खेल्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस