सत्तारुढ नेकपाको चियापान आज, यस्तो छ तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रम गर्दैछ । बडा दसैँ, तिहार, नेपाल संवत्-११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको अवसरमा नेकपाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो

चियापान कार्यक्रमका लागि अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । भृकुटी मण्डपमा हुने चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि तीन बजेसम्म चल्नेछ । चियापान कार्यक्रममा सहभागी हुन १ लाख जनालाई नेकपाले निम्ता गरेको छ ।

चियापानमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निम्ता गरिएको नेकपाले जनाएको छ । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको हो ।

यस अघि २६ असोजमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस