श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

धनगढी । कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘२१ गते कुटपिट भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले भने, ‘प्रहरीलाई २४ गते मात्रै थाहा भएको हो।’ आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीको भनाइ छ।

श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो। उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस