जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु

काठमाडौं । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु भएपछि उद्धारका लागि २७ सय  सेना र सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । आँधीमा ६० जना घाइते भएका छन् भने १७ जना हराईरहेका छन् । राजधानी टोकियो लगायत जापानका बिभिन्न शहरहरु आँधीबाट तहसनहस भएका छन् ।

प्रतिघण्टा २ सय २५ किलोमिटरको दरले आएको आँधी साठी बर्ष यताकै सबैभन्दा खराब मानिएको छ । ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । हालसम्म ५० हजार भन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् । हवाई सेवा अवरुद्ध हँुदा एक हजार भन्दा बढी उडानहरु प्रभावित भएका छन् ।

बिद्यूत आपूर्ति र रेलवे सेवा समेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारी साधनमा ध्वस्त भएका छन् । यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशले भोग्नु परेको संकटमा धैर्य धारण गर्न अपील गर्दै सरकारको तर्फबाट सक्दो सहयोग रहने बताएका छन् ।

उनले आँधी प्रभावितहरुलाई उचित राहतको ब्यबस्था गरिने पनि बताएका छन् । मौसमविद्हरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको छ ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस