सिमान्तकृत समुदायसँग यसरी मनाए चन्द्र भण्डारीले दशैं

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले यसपालिको बडा दशै पनि गुल्मी दरवार गाँउपालिका १ को बोटे माझी गाँउमा मनाएका छन् । गुल्मी दरवार गाँउपालिका १ का अति सिमान्तकृत बोटे माझी समुदायका बस्तीमा पुगेर २०७६को बडा दशैं मनाएका हुन् ।

समुदायमा गएर दशैं मनाएको भण्डारीको यो छैठौं दशैं हो । समुदायमा दशैं मनाउने क्रममा डा भण्डारीले करिव ५ सय जना बोटे माझीहरुलाई टिका दक्षिणा र महिलाहरुलाई नयाँ बस्त्र प्रदान गरेका थिए । Image may contain: 8 people, people standingदशैंका अवसरमा गुल्मी दरवार गाँउपालिका १ को माझी प्राथमिक विद्यालय र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८ को ज्ञानोदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल समुदायका करिव २ सय ५० विद्यार्थीहरुलाई भण्डारीले टिका, दक्षिणा र आर्शिवाद सहित शैक्षिक सामग्री पनि प्रदान गरे । Image may contain: 6 people, crowd and outdoorमाझी प्राविका  शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीका अनुसार भण्डारीले स्थानिय ९० बर्षीया मन कुमारी बोटे माझीको हातबाट टिका लगाएका थिए । भण्डारीले बुधवार भने झेर्दी र बम्घाका बोटे दलित समुदायका बीचमा दशैंको मनाउने कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस