दुई सहकारीले मात्रै बेचे अढाई करोडका खसीबोका

काठमाडौं । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादसैंमा अढाई करोडका खसीबोका बिक्री गरेका छन्। बितेका १० दिनमा उपर्युक्त सहकारीले स्थापना गरेका संकलन केन्द्रबाट २ लाख ५० लाख मूल्य बराबरका खसीबोका बिक्री भएका हुन्।

हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैंमा मात्रै २ करोड ३० लाखको मूल्य बराबरका खसीबोका बिक्री गरेको छ। सहकारीले स्थापना गरेका संकलन केन्द्रमा किसानबाट संकलित खसीबोका बिक्री गरिएको हो।

दसैं सुरु भएपछि नवमीसम्ममा १ हजार ७६३ वटा खसीबोका बिक्री गरिएको सहकारीका व्यवस्थापक सुशीला परियारले जानकारी दिए। यस्तै नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले २० लाख मूल्य बराबरका खसीबोका बिक्री गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस