पत्नी र छोरी मारेर बाकस र बोरामा हालिसकेपछि आत्महत्या

सुनसरी । सुनसरीको इटहरीमा पति, पत्नी र छोरी मृत अवस्थामा भेटिएका छन्। इटहरी १७ मा दसैंको टिकाकै दिन श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका हुन् उनकी श्रीमती र छोरीको शव बाकस र बोरामा भेटिएका हुन्।

प्रहरकिा अनुसार स्थानीय राकेश शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् भने उनकी श्रीमती पुनम र छाेरी स्वस्तिकाको शव भेटिएका हुन्। घरभित्रै टिनको बाकसमा पुनम तथा बोरामा ६ वर्षीया छोरी स्वस्तिकाको शव भेटिएको सुनसरी प्रहरीले जनाएको छ।

पहिले पत्नी र छोरीको हत्या गरेर राकेशले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लामो समयदेखि राकेश र पुनमबीच घरायसी विवाद भइरहेको स्थानीयले जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस