सेल्फी खिच्‍दा चिप्लेर चार जनाको मृत्यु

काठमाडौं । भारतमा सेल्फि खिच्ने क्रमम चिप्लिएर एकै घरमा चार जनाको मृत्यु भएको छ । तमिलनाडुस्थित  बाँधमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नवदुलहीसहित चार जनाको मृत्यु  भएको हो ।

त्यसरी मृत्यु हुनेमा नवदुलही २० वर्षीया भी निभेदा सहित परिवारका सदस्यहरु २२ वर्षिया स्नेहा,२० वर्षिया कन्निगा र १४ वर्षिय सन्तोष रहेको तामिलनाडु प्रहरीले जनाएको छ ।  ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एक जना अलि गहिरो स्थानमा पुगेका थिए ।

गहिरो स्थानमा पुगेका व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि तानेको बताइएको छ । मृतक नवविवाहीत महिलाका पतिले आफ्नी बहिनीलाई बचाउन भ्याए पनि अन्य बाँकी सबै डुबेका बीबीसीले जनाएको छ । द हिन्दू पत्रिकाका अनुसार कृष्णागिरीको बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । तीन जना पानीभित्र पसेका थिए र साथमा तीन किशो–किशोरी पनि थिए ।

सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ थियो जसमध्ये आधा भारतमा भएको थियो । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस