{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930","photographer":"","alt_text":""}

टी-ट्वान्टी सिरिज: नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । पाँच देशीय टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीमा  छ ।

खेल ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ११ बजे सुरु हुनेछ । तर टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्न भने नेपाललाई सजिलो छैन । यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको थियो। नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हारसहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस