ईन्जा साहसी पत्रकारिता पुरस्कार पत्रकार अजयबाबु शिवाकोटीलाई

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

 पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  पत्रकार शिवाकोटीले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेका थिए। समाचारले महरालाई राजीनामा गर्न वाध्य मात्र पारेन उनलाई अनुसन्धानको दायराभित्र पनि ल्यायो ।

ईन्जाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरुले कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दछ ।’ समाचार प्रकाशनसंगै पत्रकार शिवाकोटीको सुरक्षाप्रति पनि ईन्जाले गम्भीर चासो देखाउँदै पत्रकारको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस