राष्ट्रपतिद्वारा आमा मिथिलाको हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट दशैँको टिका ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा आज उनले टीकाको शुभसाइत १० बजेर ३५ मिनेटमा आम मिथिलाको हातबाट टिका ग्रहण गरेकी हुन् ।

उनले हनुमानढोका दसैँघरका मूल पुजारीबाट समेत विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारीले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले मूल पुजारीलाई पनि टिका लगाइदिएकी थिइन् । राष्ट्रपति भण्डारीले आफ्ना परिवारका सदस्यलाई समेत टीका लगाइदिएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस