तीन वैज्ञानिकलाई शरीर विज्ञानसम्बन्धी नोबेल पुरस्कार

स्वीडेन । शरीरको कोषले कसरी अक्सिजनको तह महसुस गर्छ र लिन्छ भन्‍ने कुरा पत्ता लगाए वापत तीनजना वैज्ञानिकले सन् २०१९ को शरीर विज्ञान र औषधीसम्बन्धी नोबेल पुरस्कार पाएका छन् ।

यो पुरस्कार पाउनेमा बेलायतका सर पिटर र्‍याक्टिलिफ र अमेरिकाका विलियम केलिन र ग्रेथ सेमेन्जा रहेका छन् । उनीहरुको खोजले मानव जीवनमा दैनिक कसरत, हाइ अल्टिच्युड र गर्भाशयमा चाँडो विकासक्रम जस्ता कुरामा नयाँ कुरा पत्ता लागेको छ । यो खोजले रक्तअल्पता र क्यान्सर सम्मको नयाँ उपचारका लागि सहयोग गर्ने बताइएको छ ।

स्वीडिस एकेडेमीले अक्सिजनको आधारभूत महत्व शताब्दिऔंदेखि पत्ता लागेको भए पनि  शरीरको कोषले अक्सिजन एडप्ट गर्ने  तहको बारेमा यसअघि थाहा नभएको जनाएको छ ।  बेलायतका  सर पिटर र्‍याक्लिफ क्रिक इन्स्टिच्युट र युनिभर्सिटी अफ अक्सफोर्ड तथा अमेरिकीद्वय विलियम काइलिन हार्वर्ड र ग्रेग सामेन्जा जोहन होप्किन्स युनिभर्सिटीमा काम गर्छन् । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस