विजया दशमीको दिन पनि वाणिज्य बैंकका दुई शाखा खुल्ने

काठमाडौं । वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने तथा दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।

वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।

काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि.अ. विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।

शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस