दसैं विदामा पनि खुल्नेछन् बैंकहरुका यी शाखा

काठमाडाैं । दसैं विदामा पनि बैंकका विभिन्न शाखाहरु संचालनमा आउने भएका छन्। शनिबार फूलपातिका दिनदेखि बुधबारसम्म दसैंको सार्वजनिक विदा परेको छ।

यी ५ दिनमा पनि बैंकहरुले आफ्ना विभिन्न शाखाहरु संचालनमा ल्याउने भएका छन्। मुख्य शहरहरुमा बैंकहरुको शाखा संचालन हुनेछ। सर्वसाधारणलाई रकम झिक्न तथा जम्मा गर्ने उद्देश्यले दसैं विदामा शाखाहरु संचालन हुने भएका हुन्। बैंकका सबै शाखाहरु भने संचालन हुने छैनन्। बैंकहरुले सार्वजनिक सूचना जारी गरी दसैं विदामा खुल्ने शाखाहरुको जानकारी गराएका छन्।

हेरौं बैंकका कुन कुन शाखाहरु दसैं विदामा पनि खुल्ने छन् ?

सेन्चुरी बैंक
पुतलीसडक शाखा असोज १८, १९ र २२ गते संचालन हुनेछ। न्यूरोड शाखा १८ र १९ गते तथा मानभवन शाखा १८ गते संचालन हुनेछ।

उपत्यकाबाहिर पोखरा, बिराटनगर, बिर्तामोड, जनकपुर र धनगढी शाखा १८ र १९ गते संचालन हुनेछन्। मलंगवा, राजविराज र विरगन्ज शाखा १८ गते खुल्नेछन्। टिकापुर शाखा १८, १९ र २२ गते खुल्नेछ। इटहरी र भैरहवा शाखा १९ गते संचालन हुनेछ।

प्रभु
बबरमहल, कमलादी, जनकपुर, इटहरी, दमक, धरान, सिराहा, पोखराको न्यूरोड शाखा १८, १९, २० र २२ गते चारै दिन खुल्नेछन्।

जावलाखेल, गोंगबु, न्यूरोड, सूर्यविनायक, कोटेश्वर, कालिमाटी, बौद्ध, नारायणगढ, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, कलैया, बिराटनगर, बागलुङ र धनगढी शाखा १८, १९ र २० गते खुल्नेछन्।

माछापुच्छ्रे बैंक
१८ गते बुटवल, बनेपा, दमौली, लाजिम्पाट, महेन्द्रपुल र नेपालगन्ज शाखाहरु खुल्नेछ। १९ गते भैरहवा, पुतलिसडक, बिराटनगर, न्यूरोड, राजबिराज, बगर, भक्तपुर, बनेपा, वीरगन्ज, बिर्तामोड, धनगढी, दमौली, जनकपुर, लेकसाइड र महेन्द्रपुल र नारायणगढ शाखा खुल्नेछ।

२० गते पाटन, बर्दिबास, बीरगन्ज, दमौली, जनकपुर, मिर्चैया तथा इटहरी शाखा संचालन हुनेछ। त्यस्तै २२ गते न्यूरोड, महेन्द्रपुल र नेपालगन्जका शाखा संचालन हुनेछ।

मेगा बैंक
१८ गते कमलादी, ठमेल, जावलाखेल, बौद्ध, महाराजगन्ज, न्यूरोड, सिर्जनाचोक (पोखरा), ओखलढुंगा, भोजपुर, देवकोटाचोक (बिराटनगर), इटहरी, आदर्शनगर (वीरगन्ज), नारायणगढ, भैरहवा, बुटवल, बिर्तामोड, धनगढी र नेपालगन्ज शाखा खुल्नेछ।

१९, २० र २२ गते कमलादी, ठमेल, सिर्जनाचोक, देवकोटा चोक, आदर्शनगर, भैरहवा, बुटवल, बिर्तामोड, धनगढी र नेपालगन्ज शाखा संचालन हुनेछ। २१ गते कमलादी शाखा संचालन हुनेछ।

जनता बैंक
१८ गते नयाँ बानेश्वर, १९ गते न्यूरोड, महेन्द्रनगर र कन्चनपुर शाखा संचालन हुनेछ। ती दुवै दिन संचालन हुने शाखाहरुमा वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा र धनगढी शाखाहरु संचालन हुनेछन्।

सिद्धार्थ बैंक
उपत्यकाभित्र हात्तीसार र न्यूरोड शाखा १८, १९, २० र २२ गते खुल्नेछन्। कुमारीपाटी शाखा १८ र १९ गते तथा तीनकुने शाखा १८ गते खुल्नेछ।
त्यस्तै उपत्यकाबाहिर दमक, बिर्तामोड, धरान, नारायणगढ, बुटवल, भैरहवा शाखा १८ गते खुल्नेछन्।

बिराटनगर, पोखरा र वीरगन्ज शाखा १८, १९ र २० गते खुल्नेछन्। २२ गते वीरगन्ज, पोखरा र नेपालगन्ज शाखा संचालनमा आउने छन्। धनगढी, टिकापुर, घोराही, नेपालगन्ज, जनकपुर शाखा १८ र १९ गते संचालन हुनेछन्। इटहरी शाखा १९ गते संचालन हुनेछ।

एनआइसी एसिया
१८ गते सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगन्ज, न्यूरोड, थापाथली, भक्तपुर र थानकोट शाखा खुल्नेछ। १९ गते सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड, महाराजगन्ज र थापाथली शाखा खुल्नेछ। २० र २२ गते बालाजु, कमलादी, न्यूरोड र थापाथली शाखा खुल्नेछ। भक्तपुर शाखा २२ गते खुल्नेछ।

१८ गते धनगढीको चौराह, बुटवल, पोखराको न्यूरोड तथा लेकसाइड र हेटौंडा शाखा खुल्नेछ। १९ गते बुटवल, नेपालगन्ज, पोखरा न्यूरोड, कावासोटी, वीरगन्ज, लाहान, जनकपुर, सिराह, मलंगवा, चन्द्रनिगाहपुर, बिराटनगर, इटहरी, दमक र नारायणगढ शाखा खुल्नेछ।

२० गते धनगढी, बुटवलको हस्पिटललाइन, पोखराको न्यूरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, बिराटनगर, धरान, हेटौंडा, शाखा खुल्नेछ।  २२ गते बागलुङ, बुटवल, नारायणगढ, पोखराको न्यूरोड शाखा खुल्नेछ।

नेपाल बंगलादेश बैंक
बिजुलीबजार, कमलादी, कुमारीपाटी, बीरगन्ज, बिराटनगर, नेपालगन्ज, जनकपुर शाखा १८, १९, २० र २२ गते खुल्नेछ। कुमारीपाटी शाखा

ग्लोबल आइएमई बैंक
कान्तिपथ शाखा १८, १९, २० र २२ गते खुल्नेछ। लगनखेल तथा चाबहिल शाखा १८ र १९ गते खुल्नेछन्। न्यूरोड शाखा १८, १९ र २० गते खुल्नेछ।

उपत्यकाबाहिर बागलुङ, बुटवल, नारायणगढ, पोखरा शाखा १८ र १९ गते खुल्नेछन्। बिराटनगर र वीरगन्ज शाखा १८, १९ र २२ गते खुल्नेछन्।

कुमारी बैंक
पुतलीसडक शाखा १८ र २० गते तथा न्यूरोड शाखा १८ र २२ गते खुल्नेछन्। कुमारीपाटी, जगाति र बुटवल शाखा १८ गते खुल्नेछन्।

हिमालयन बैंक
१८ गते ठमेल, न्यूरोड, महाराजगन्ज, पाटन तथा पोखरा, १९ गते ठमेल, महाराजगन्ज, पाटन, न्यूरोड, २२ गते ठमेल, न्यूरोड र पाटन शाखा खुल्नेछ।

इन्भेष्टमेन्ट
१८ र १९ र २२ गते दरवारमार्ग, पुल्चोक, न्यूरोड, पुतलिसडक, नयाँ बानेश्वर, ठमेल, कालिमाटी, बौद्ध, गोंगबु, बत्तिसपुतली, धुम्बाराही, सिपाडोल, नक्साल, कीर्तिपुर शाखा खुल्नेछ। १८ र १९ गते वीरगन्ज, भैरहवा, बुटवल, बिराटनगर, पोखरा, नारायणगढ, जनकपुर, नेपालगन्ज र धनगढी शाखा खुल्ने छन्। २० गते दरवारमार्ग, पुल्चोक, सिपाडोल र कीर्तिपुर शाखा तथा २१ गते दरवारमार्ग शाखा खुल्ला रहनेछ।

नविल
तीनधारा शाखा टिकाको दिनबाहेक अरु दिन खुल्ला रहनेछ। महाराजगन्ज, बालाजु, त्रिपुरेश्वर र न्यूरोड शाखा १८ गते खुल्ला रहनेछन्। उपत्यकाबाहिर हेटौंडा, पोखरा, इटहरी, धनगढी, धरान, बुटवल, वीरगन्ज, नेपालगन्ज, नारायणगढ तथा बिराटनगर शाखा १८ गते खुल्ला रहनेछ।

सिभिल
१८, १९ र २० गते तीनै दिन मुख्य कार्यालय र कमलादी शाखा खुल्नेछ। १८ गते न्यूरोड, जावलाखेल, इटहरी, भैरहवा, नारायणगढ, बनेपा, धनगढी, नेपालगन्ज शाखा खुल्ला रहनेछ। १९ गते न्यूरोड, जावलाखेल, वीरगन्ज, बिराटनगर, इटहरी, पोखरा, भैरहवा र नारायणगढ शाखा खुल्नेछ। २० गते वीरगन्ज, बिराटनगर, पोखरा शाखा खुल्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस