सन्दीप लामिछाने ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इङ्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। उनी विदेशी खेलाडीको कोटामा परेका हुन्।

ड्रााफ्टमा सन्दीपको न्यूनतम मूल्य एक लाख पाउन्ड राखिएको छ। उनले आइपीएल, बिगबास, सीपीएल लगायतका टी–२० फम्र्याटका फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्।

‘द हन्ड्रेड’ प्रतियोगिता नयाँ फम्र्याटको क्रिकेट खेल हो। प्रतियोगिता इङ्ल्यान्ड र वेल्सका आठ सहरको नामबाट खेलिने छ। सन् २०२० को जुलाईमा हुने उक्त प्रतियोगिताका लागि अक्टोबर २० मा लन्डनमा खेलाडीको ड्राफ्ट खोलिनेछ।

‘द हन्ड्रेड’ कस्तो फम्र्याट हो ?
यो बिल्कुलै क्रिकेट खेलमा नयाँ फम्र्याट हो। यसमा हरेक इनिङमा १ सय बल हुन्छ। १० बलपछि स्टम्प परिवर्तन हुन्छ। बलरले एकपटकमा ५ वा १० बल गर्न पाउँछ भने एक खेलमा २० बल मात्र गर्न पाउँछ।  यसैगरी २५ बलको पावरप्ले खेल हुन्छ। पावरप्ले अवधिमा दुई जना फिल्डर ३० यार्डभन्दा बाहिर बस्न पाउँछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस