दशैं टिकाको दिन सेनाले राजधानीमा निशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । दशैंको टिकाको दिन सर्वसाधारणको यातयातमा सहज होस् भनेर नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको छ।  सेनाले हरेकवर्षमा टिकाको दिन  निशुल्क बस सञ्चालन गर्दै आएको छ। सेनाले यस  वर्ष ७ वटा रुटमा बस सेवा संचालन गर्ने भएको छ।

सेनाले  टिकाको दिन विहान ८ बजे देखि ३ बजेसम्म बस सञ्चालन गर्ने जानकारी दिएको छ ।

यस्तो छ  रुट:

सेनाले  सञ्चालन गर्ने  पहिलो रुटमा भद्रकाली – कालिमाटी-कलंकी-नागढुंगा  भएर सोहि रुट फिर्ता आउने  छ  भने त्यस्तै दोस्रो रुटमा, भद्रकाली – बल्खु किर्तिपुर हुदै सोहि रुटबाट फिर्ता हुने छ।

तेस्रो  रुट भद्रकाली – बानेश्वर– कोटेश्वर– गठ्ठाघर – सूर्यविनायक हुदै सोहि रुट हुदै फिर्ता  हुने छ । चौथो  भद्रकाली – लैनचौर – महाराजगंज – बुढानिलकण्ठ हुदै सोहि रुट फिर्ता  हुने  छ।

पाँचौ रुटमा भद्रकाली – चाबहिल – जोरपाटी – थली– साँखु भएर सोहि रुट  फिर्ता हुने  छ। छैटो भद्रकाली – बानेश्वर – कोटेश्वर – सातदोबाटो – कलंकी – सितापाइला – बालाजु – महाराजगंज – चाबहिल – गौशाला – एयरपोर्ट – तिनकुने – भद्रकाली हुदै चक्रपथ परिक्रमा गर्नेछ । सातौमा भद्रकाली– माइतीघर– नयाँ बानेश्वर – एयरपोर्ट– गौशला– चाबहिल – महाराजगंज– बालाजु – सितापाइला– कलंकी – सातदोबाटो – कोटेश्वर – बानेश्वर हुदै सोहि  रुट फिर्ता हुने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस