ज्योति विकास बैंक र इस्टर्न एजेन्सीबीच सम्झौता

काठमाडाैं । ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच सम्झौता भएको छ। सम्झौता अन्तर्गत इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीको तर्फबाट इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिम प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल आइसर ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। इस्टर्न एजेन्सीले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई आइसर गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ। यो ब्राण्डका स्कुल बसहरुले नेपाली बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ। स्कुल बसहरुमा लगानी गर्नको लागि ज्योति विकास बैंक सदैव तयार रहेको व्यहोरा जानकारी कम्पनीले गर्दछ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु। ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु। २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ।

यॊ पनि हेर्नुहॊस

सिभिल बैंकको शाखा मोरङको पुष्पलालचोकमा

काठमाडाैं । सिभिल बैंकले नयाँ शाखा मोरङको जिल्लाको  पुष्पलालचोकमा संचालनमा ल्याएको छ । सो शाखाको …

प्रतिकृया दिनुहॊस