एनसेलको दशैं अफर : रिचार्जमा डेटा बोनस

काठमाडाैं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक १०० भन्दा माथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन्। एक हजारसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् ।

यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ । यो योजनामा १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, ५०० रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।

रिचार्ज रकम डेटा बोनस समयावधि
रु १०० १०० एमबी १ दिन
रु २०० २०० एमबी २ दिन
रु ३०० ३०० एमबी ३ दिन
रु ५०० ५०० एमबी ५ दिन
रु १००० १ जिबी १० दिन

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस