टयांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १ चाइना गेट नजिक शुक्रबार बिहान  टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–११ नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल टयांकरले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक सिताका  श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने सामान्य घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस