टी-२० सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानमा

काठमाडाैँ । ओमानमा हुने पाँच देश सम्मिलित टी-२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टिम ओमान पुगेकाे छ ।  सिंगापुरबाट श्रीलङ्का हुँदै टिम बिहीबार राति ओमान पुगेकाे हाे। लामाे यात्रापछि ओमान झरेकाे टिमले शुक्रबार सामान्य प्रशिक्षण गर्नेछ।

नेपालले सिगापुरमा भएकाे त्रिकाेणात्मक सिरिजमा चार खेलमा एक जित २ हार खेलेकाे थियाे भने एक खेल वर्षाकाे कारण रद्द भएकाे थियाे । अन्तिम खेलमा जित निकालेकाे भए नेपालकाे उपाधि जित्ने आशा जीवितै हुने थियाे ।

सिंगापुरमा नेपालले पहिलाे खेलमा जिम्बाब्वेसँग ५ विकेटकाे हार बेहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टिममाथि ९ विकेटकाे सानदार जित निकालेकाे थियाे । यस्तै तेस्राे खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हारेकाे थियाे । बिहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकाेणात्मक सिरिजकाे उपाधि जितेकाे छ ।

अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्सले खेल्ने छन् । नेपालले पहिलो खेल अक्टाेबर ६ तारिखमा  हङकङसँग खेल्ने छ ।

यॊ पनि हेर्नुहॊस

३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक

एजेन्सी । स्पेनिस ला लिगामा ३८ वर्ष १४० दिनको उमेरमा एक खेलाडीले आफ्नो खेल जीवनको …

प्रतिकृया दिनुहॊस