त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जिम्बाब्वेलाई

काठमाडाैँ । नेपाल सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।

इन्डियन एसोसियशनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यो जितसँगै जिम्बाब्वेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान कायम गरी सिरिज जितेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो भने आयोजक सिंगापुर ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

नेपाल जिम्बाब्वेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरलाई एक खेलमा हराएको थियो । सिंगापुरसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस