यसरी बच्न सकिन्छ रुघाखोकी बाट

काठमाडाैँ । जाडोको मौसममा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाक बग्ने लगायतका समस्या आउँछन् । पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन्,

कम पानी पिउनु
मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।

गलत खानपिन
बिरामी भएपछि धेरैजसो मानिसले खानपिन छोडिदिन्छन् वा मसलायुक्त खानेकुरा खान्छन् । यसले शरीरलाई हानि गर्छ । बिरामी हुँदा शरीरलाई पोषक तत्त्व दिनुपर्छ । सही खानपान नहुँदा रुघाले लामो समयसम्म सताउँछ ।

तनाव
आजकल धेरै मानिस तनाव लिइरहेका हुन्छन् । तनाव नै धेरैथरी रोगको कारण हो भनी धेरैथरी अनुसन्धानले देखाएका छन् । तपाईंलाई पनि लामो समयसम्म रुघा लागेको छ भने चिकित्सकबाट परीक्षण गराउनुस् किनकि तनावका कारण पनि यसो भएको हुनसक्छ ।

व्यायाम
आवश्यकताभन्दा बढी व्यायामले पनि स्वास्थ्यलाई हानि गर्छ । बिरामी हुँदा व्यायाम गर्नु हुँदैन । रुघा लाग्दा एकदमै हलुका व्यायाम मात्र गर्नुस् ।

निद्रा
व्यस्त जीवनशैलीका कारण मानिसहरू भरपूर निद्रा लिन पाउँदैनन् जसले गर्दा उनीहरूको रुघा ठीक हुँदैन । पूरा निद्रा लिनुभयो भने छिट्टै ठीक हुनुहुनेछ । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस